शनिबार, असार ७, २०८२

राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने रास्वपाको निर्णय

नेपालखोज २०७९ फागुन २५ गते १३:१७

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निष्कर्षमा पुगेको छ ।

संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको एक सांसदले बताए । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

प्रतिक्रिया