अवैध औषधी किनबेचमा संलग्न १४ जना पक्राउ

काठमाडौं । विना प्रष्क्रिप्सन (स्वीकृती) औषधी किनवेच गर्ने १४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका ४ नख्खुदोवाटोमा सञ्चालित गोल्डेन गेट पोलीक्लिनिक एण्ड डायवेटिज सेन्टर प्रा.लि.को “फार्मेसी युनिट“ नामक औषधी पसलवाट चिकित्सकको प्रष्क्रिप्सन विना बढी मुल्य लिइ औषधीहरू लागु औषध दुव्र्यसनीहरुलाई विक्री वितरण गर्दै आएको सूचनाको आधारमा सो कार्यमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
बुधबार परिसरबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खानतलासी गर्दा चिकित्सकको प्रष्क्रिप्सन विना वढी मूल्य लिई पसलबाट बिक्री गरेको हुँदा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि उनीहरुको साथबाट बरामद भएका औषधीहरु जिल्ला थप अनुसन्धानको लागु औषधी व्यवस्था विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रयोगकर्ताहरूले विभिन्न प्रकृतिका ३ प्रकारका औषधी मिसावट (फर्मुला) गरी लागुऔषधको विकल्पको रुपमा सेवन गर्ने गरेको पाइएको बताइएको छ ।
प्रष्क्रिप्सन विना वढी मुल्य लिई औषधी विक्रि गरेको आरोपमा पसलका संचालक लक्ष्मण सुव्वा, किशोर वि.क. र भुवन ताम्राकारलाई कालो वजारी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया