‘द्वन्द्वकालीन सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ’
नेपालखोज
२०७९ फागुन २६ गते १०:१६

काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगबाट टुंगो लगाउनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट निरूपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेको हाे ।
बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया