शनिबार, असार ७, २०८२

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा निवेदकका तर्फबाट बहस सुरु

नेपालखोज २०७९ फागुन २६ गते १३:०८

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । माओवादी युद्धकालिन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएकाे हाे ।

प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिका आधारमा उनीमाथि छानबिन तथा अभियोजन हुनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरणले रिट दायर गरेका थिए ।  
 

प्रतिक्रिया