‘उपराष्ट्रपति कुन पार्टीले लिने भन्ने निर्णय हुनै बाँकी छ’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आठ दलीय गठबन्धनभित्र उपराष्ट्रपति पद कुन दलले लिने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताएका छन् ।
उपराष्ट्रपति पदमा गठबन्धनबाट उम्मेदवार दिनेमा सहमति भएपनि कुन दललाई दिने भन्नेबारे निर्णय भइनसकेको उनले बताए । राष्ट्रपति कांग्रेसलाई दिने बेलै उपराष्ट्रपति जसपाले लिने भन्ने सहमति भएको भन्दै जसपाले भने प्रतिनिधिसभा सदस्य समेत रहेका मधेशी सामूदायका रामसहायप्रसाद यादजलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार नै गरिसकेको छ । जसपा कांग्रेस, माओवादीसहित ८ दलल आवद्ध गठबन्धनमा सामेल छ ।
आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि भोलि शनिबार उम्मेदवारी दर्ताको निर्वाचन तालिका छ । बिहीबार सम्पन्न निर्वाचनबाट राष्ट्रपतिमा गठबन्धनबाट साझा उम्मेदवार बनाइएका कांग्रेस नेता रामचन्द्र पौडेल नयाँ राष्ट्रपति निर्वाचित भइसकेका छन् ।
यसैबीच उपराष्ट्रपतिमा सकेसम्म महिला उम्मेदवार बनाउन दलहरुसँग आग्रह गरेको छ । महिला नभए खस आर्य समुदायबाहेक उपराष्ट्रपति पदका लागि फरक लिङ्ग ।महिला वा (अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न निर्देशन दिएको छ । आयोगको यस्तो निर्देशन जारी भएकै दिन कांग्रेसका उपसभापति खडकाको यस्तो भनाइ बाहिर आएको छ ।
प्रतिक्रिया