प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक बहस सकियाे, आदेश आउन बाँकी
नेपालखोज
२०७९ फागुन २६ गते १३:५५

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ ।
सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू, बालकृष्ण न्यौपाने, डा. सुरेन्द्रभण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए । सुनुवाइ सकिएपनि आदेश आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया