‘नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ’
नेपालखोज
२०७९ फागुन २६ गते १६:२४

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् । उनले शुक्रबार पौडेललाई बधाई तथा शुभकामना दिँदै राजा जस्तो राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत् थापाले सुझाव दिँदै भनेका छन्, विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने शैली बदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको छ । तत्काल बदलेर सरल र नागरिकमैत्री अभ्यास गराउने दायित्व सरकारको हो । प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् । राष्ट्रपतिले म कुनै पार्टीमा थिएँ भनेर व्यवहार गर्नुहुने छैन ।’
सम्बन्धित
प्रतिक्रिया