शुक्रबार, असार ६, २०८२

म बलिराजा हुँ जसले जे मागे पनि दिने : ओली

नेपालखोज २०७९ फागुन २७ गते १७:३७

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बलिराजा जस्तो मान्छे भएको बताएका छन् । शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा उनले जसले जे मागे पनि दिने बलिराजा जस्तो भएकाे बताएका हुन् ।

उनले भनेका छन् ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो, तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो । सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो ।’

तर माधव नेपालले प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीकाे टिप्पणी छ ।

प्रतिक्रिया