आज उपराष्ट्रपतिका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदै
नेपालखोज
२०७९ फागुन २८ गते ७:२६

काठमाडौं । निर्वाचन आयोगले आज उपराष्ट्रपतिका उम्मेदवारहरुको नामावली प्रकाशन गर्दैछ । उम्मेदवारी दर्ता गर्नका लागि आयोगले शनिबारका लागि मिति तोकेको थियो ।
सो अनुसार शनिबार उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा ३ जना सत्ता पक्षका रहेका छन् भने अर्का एमालेका रहेका छन् ।
सत्ता पक्षका जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो । सोही उम्मेदवारी दर्ता गराएका व्यक्तिहरुको नामावाली प्रकाशन आज हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया