मंगलबार, असार १०, २०८२

खानामा नुन कम गर्दा ७० लाखको ज्यान जोगाउन सकिन्छ : डब्ल्यूएचओ

नेपालखोज २०७९ फागुन २८ गते ७:३६

एजेन्सी । नुन वा सोडियम एउटा आवश्यक पोषक तत्व हो भने यसको बढि सेवनले हृदय रोग , स्ट्रोक तथा अकाल मृत्युको जोखिम बढ्छ । सोडियमको मुख्य स्रोत नुन (सोडियम क्लोराइड) हो तर यो सोडियममा ग्लुटामेट जस्ता अन्य मसलाहरू पनि पाइन्छ । अनुसन्धान प्रतिवेदनले देखाउँछ – विश्वको जनसंख्याको तीन प्रतिशत मात्र आवश्यक सोडियमद्वारा सुरक्षित छ । डब्ल्यूएचओका सदस्य राष्ट्रहरूको ७३ प्रतिशतले सोडियम घटाउने नीति नै लागू गर्दैनन् ।

सोडियम घटाउने नीतिहरू लागू गरे २०३० 2030 सम्म विश्वभर ७० लाख जीवन जोगिन सक्छ । यो नसर्ने रोगबाट हुने मृत्युलाई न्यूनीकरण गर्दै दिगो विकासको लक्ष्य हासिल गर्ने एउटा महत्त्वपूर्ण भाग हो । यद्यपि आज ब्राजिल, चिली, चेक गणतन्त्र, लिथुआनिया, मलेसिया, मेक्सिको, साउदी अरेबिया, स्पेन र उरुग्वे जस्ता नौ वटा देश मात्र सोडियमको सेवन कम गर्ने नीतिमा छन् ।

डब्लुएचओका महानिर्देशक डा . टेड्रोस अधानोम गेब्रेयससले अस्वास्थ्यकर आहार विश्वभर मृत्यु र रोगको प्रमुख कारण भएको र सोडियमको अत्यधिक सेवन प्रमुख कारण रहेको बताए । डब्ल्यूएचओको प्रतिवेदनले देखाउँछ – अधिकांश देशहरूले सोडियम घटाउने नीति अपनाउन अझै पनि कुनै काम गरेका छैनन्, जसले ती देसका मानिसहरुलाई हृदयाघात, स्ट्रोक र अन्य स्वास्थ्य समस्याहरूको जोखिममा राख्दछ ।

डब्ल्यूएचओले सबै देशहरूलाई सोडियम कटौती नीति लागू गर्न र उत्पादकहरूलाई खानामा सोडियम प्रयोग गर्दा डब्ल्यूएचओ द्वारा लागू गरिएको मापदण्डहरू अपनाउन आह्वान गरेको छ । सोडियम घटाउन डब्ल्यूएचओले केही नीति वा अभ्यास प्रस्ताव गरेको छ जसले गैर-संक्रामक रोगहरूलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

– नुन कम गर्न खाद्यान्नमा सुधार गर्दै खानामा सोडियमको मात्राका लागि लक्ष्य निर्धारण गर्ने,

– अस्पताल, विद्यालय, कार्यस्थल तथा नर्सिङ होम जस्ता सार्वजनिक संस्थाहरूमा नुन वा सोडियमयुक्त खानेकुराहरू सीमित गर्न सार्वजनिक खाद्य नीति बनाउने,

– उपभोक्ताहरूलाई कम सोडियम भएका उत्पादनहरू छनौट गर्न मद्दत गर्न नुनका प्याकेटहरूमा जानकारीको उचित लेबलिङ गर्ने,

– नुन वा सोडियमको खपत कम गर्न तथा यश सम्बन्धि व्यवहारमा परिवर्तन ल्याउन प्रचार, प्रसार र मिडिया अभियान चलाउने,

यो महत्त्वपूर्ण प्रतिवेदनले २०२५ सम्ममा नुनको खपत घटाउने विश्वव्यापी लक्ष्य पूरा गर्न सोडियम न्यूनीकरण नीतिहरू कार्यान्वयन गर्न तत्काल कदम चाल्नुपर्ने सुझाव दिन्छ । यसका लागि विश्वव्यापी पहल आवश्यक छ । यसबाट धेरै मानिसले घातक तर रोक्न सकिने, हृदयघात र स्ट्रोकको अनुभव कम गर्नेछन् ।

अहिले विश्वव्यापी रूपमा हरेक दिन औसत १०.८ ग्राम नुन खपत हुन्छ जुन विश्व स्वास्थ्य संगठनले प्रति दिन ५ ग्राम (एक चम्चा) भन्दा कम नुनको सिफारिस गरेको भन्दा दोब्बर हो । धेरै नुन खादाँ मृत्यु जोखिम बढछ । त्यसैगरि सोडियमको अत्यधिक सेवनले ग्यास्ट्रिक क्यान्सर, मोटोपन, ओस्टियोपोरोसिस तथा मृगौला रोग जस्ता अन्य स्वास्थ्य समस्याहरूको जोखिम पनि बृद्धि हुन्छ ।

डब्ल्यूएचओले सदस्य राष्ट्रहरूलाई ढिलो नगरी सोडियम सेवन घटाउने नीति लागू गर्न र अत्यधिक नुन खपतका हानिकारक प्रभावहरूलाई कम गर्न आग्रह गरेको छ । डब्ल्यूएचओले खाद्य उत्पादकहरूलाई उनीहरूको उत्पादनहरूमा सोडियम घटाउने लक्ष्यहरू सेट गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया