आइतबार, जेठ ५, २०८२

त्रिवि मैदानमा क्रिकेट पारखीहरू (तस्बिरहरू)

नेपालखोज २०७९ फागुन २८ गते १६:५७

काठमाडाैं । लिग-२ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । 

लिग- २ को दौडमा पछि परेको नेपालले एक दिवसीय मान्यता नै गुमाउने संघारबाट अप्रत्यारिलो पुनरागमन गरेको छ । आइतबार यूएईविरुद्ध दबदबापूर्ण जीत हासिल गर्दै नेपाल लिग- २ को शीर्ष ४ मा उक्लिएको छ र आगामी चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित गरेकाे छ ।

ललित राजवंशीले पाँच विकेट लिदा आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले यूएईलाई २२.५ ओभरमा अलआउट गर्दै एकदिवसीय मान्यता सुरक्षित गरेको हो ।

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो । जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ ।

तस्बीर स्रोत: क्यान

प्रतिक्रिया