नवनिर्वाचित राष्ट्रपति पौडेलकाे शपथ आज
नेपालखोज
२०७९ फागुन २९ गते ६:१०

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । पौडेलले शपथग्रहण शीतलनिवासमै लिने जनाइएकाे छ ।
उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने र शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया