देशका पहाडी भू-भागमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागका केही स्थानहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको विभागले उल्लेख गरेकाे छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने, देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया