आईसीसी विश्वकप लिग-२ : नेपालले टस जित्यो, सुरुवातमा बलिङ गर्ने
नेपालखोज
२०७९ फागुन २९ गते ९:१२

काठमाडाैं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । टस जितेको नेपालले पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।
अब नेपालको लक्ष्य भनेको आज र युएईविरुद्धको खेल जित्दै तालिकाको तेस्रो स्थानमा रहेर सिधै विश्वकप ग्लोबल छनोट खेल्ने लक्ष्य हुने छ । नेपालले त्रिवि क्रिकेट मैदानमा पछिल्ला आफ्ना ६ खेलमा जित निकालेकाले सोही लक्ष्य कायम राख्ने उद्देश्यका साथ मैदान उत्रने छ ।
पीएनजीविरुद्धको पहिलो खेल र आइतबार भएको युएईविरुद्ध जित निकालेको नेपाल आज पनि पीएनजीलाई पराजित गर्दै तालिकामा थप २ अंक जोड्ने प्रयासमा हुने छ ।
सम्बन्धित
प्रतिक्रिया