सांसदबाट राजीनामा दिए राष्ट्रपति पौडेलले
नेपालखोज
२०७९ फागुन २९ गते १२:५२

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुखसमक्ष आज (सोमबार) राजीनामा पत्र बुझाएका हुन् ।
उनले आइतबार पार्टीको साधारण सदस्यता समेत राजीनामा दिइसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

सम्बन्धित
प्रतिक्रिया