कर्णालीमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ ६ गते १०:३०
सुर्खेत । मुलुकमा कोरोना भाइरस देखापरेको करिब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।
एक साताअघि भारतबाट आएका उनको स्वाबको नमूना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको थियो । पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पनि रिर्पोट पोजिटिभ देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण पुष्टि गरेको हो । सङ्क्रमित व्यक्ति अहिले नगरपालिकास्थित क्वारेन्टाइनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया