मंगलबार, असार १०, २०८२

राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण

नेपालखोज २०७९ फागुन २९ गते १५:००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन् ।

सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले पदभार सम्हालेका हुन् ।

उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएका थिए । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनी गणतन्त्र नेपालका चौथो कार्यकालको लागि तेस्रो राष्ट्रपति हुन् ।

प्रतिक्रिया