बिहीबार, असार १९, २०८२

राष्ट्रपति पौडेललाई चीनको बधाई

नेपालखोज २०७९ फागुन २९ गते २१:०४

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चीनले बधाई दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकाेमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया