डीएसपी ठग बहादुरलाई भ्रष्टाचार ऐन अनुसार कानुनी कारबाही अघि बढाउन सिफारिस

काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीले पदीय दायित्व विपरीत कार्य गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ । व्यापारीसँग अवैध असुलीमा पक्राउ परेका उनले पदीय दायित्व विपरीत कार्य गरेको छानबिन समितिले प्रतिवेदन बुझाएकाे हाे ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका व्यापारी किसन विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डीएसपी केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न समिति गठन गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो ।
प्रतिवेदनमा डीएसपी केसीले सुन व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ छानबिन समितिको निष्कर्ष छ । समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।
प्रतिक्रिया