शुक्रबार, असार ६, २०८२

माओवादी घटक र नागरिक अगुवाबीचको छलफल स्थगित

नेपालखोज २०७९ फागुन ३० गते ११:१८

काठमाडौं । माओवादी धारका पार्टीले तय गरेको नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल स्थगित भएको छ।मंगलबारका लागि तय भएको छलफल कार्यक्रम स्थलव्यवस्थापन हुन नसक्दा स्थगित भएको हो ।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरुसँग छलफलगर्ने तय भएको थियो ।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरुको तयारी थियो ।

प्रतिक्रिया