‘बन्दुकमा खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्षओलीले कुनै दलको नामै नलिई एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर बन्दुकको भाषा बोलिरहेको बताएका छन् ।
संक्रमणकालीन न्यायको नाममा मानवअधिकारको भरपूर कुरा उठाउने गरिएको उनको आरोप छ । उनले मुलुकभित्र निरन्तर रुपमा मानवअधिकारको विषय उठाइराख्नुपर्ने बताउँदै निरंकुश राणा र सामन्ती पञ्चायती शासनका बेला मानवअधिकारका आवाजहरू उठेको समेत बताए । बन्दुकमा खिया लागेको छैन भन्नेहरुलाई मानवअधिकारको कुरा बुझ्न समय लाग्ने बताउँदै मनवअधिकार रक्षाका लागि आवाज निरन्तर उठाउनुपर्ने बताए ।
प्रतिक्रिया