शुक्रबार, असार ६, २०८२

त्रिचन्द्र क्याम्पसमा कुर्सी तोडफोड

नेपालखोज २०७९ फागुन ३० गते १५:२४

काठमाडौं । त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन नजिकिँदै गर्दा क्यापसहरुमा विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै आगजनी र तोडफोडका घटना दोहोर्याइरहेका छन् ।

काठमाडौंका पुराना क्याम्पस घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज बिहान विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका छन् । तोडफोडबाट टेबल तथा कुर्सीहरु फुटाएका छन् । दराज, सीसा पनि फुटाएका छन् ।

विवादका कारण आउँदो ५ चैतमा हुने स्ववियू निर्वाचनका लागि मनोनयन दर्ता समेत हुन सकेको छैन । मनोनयन दर्ता तालिक यही फागुन २६ गते थियो । विद्यार्थी संगठनहरुले मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया