विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
नेपालखोज
२०७९ चैत १ गते १२:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसको कार्य सम्पादनको बैठक पछि पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा चलेको बताए । विश्वासको मत लिएपछि सरकार विस्तारको काम अघि बढ्ने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया