शुक्रबार, असार ६, २०८२

स्ववियु निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतको आदेश

नेपालखोज २०७९ चैत १ गते १५:२१

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ ।

‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले अर्को आदेश नआउँदासम्म चैत ३ गते हुन लागेको निर्वाचत रोक्न आदेश दिएको हो ।

अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया