बिहीबार, असार १९, २०८२

रासायनिक मलमा मूल्य वृद्धिको चर्को विरोध प्रदर्शन

नेपालखोज २०७९ चैत १ गते १६:०५

काठमाडौं । सरकारले अप्रत्यासित रुपमा रासायनिक मलमा बढाएको मूल्य फिताको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधबार राजधानीको माइतीघर मण्डलामा जम्मा भएर मूल्य वृद्धिको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरुले टाउकोमा कालो कपन बाँधेर सडकमा धर्ना बसेका छन् । प्रदर्शनमा सयौंको संख्यामा किसानहरु सहभागी भएका छन् । उनीहरुले सरकारले किसानलाई खेतीबाट विस्थापित गराउने षडयन्त्रपूर्वक योजनावद्ध रुपमा अनावश्यक मूल्य बढाएको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदर्शनकारीले ‘जनविरोधी सरकार चाहिँदैन, मूल्य वृद्धि खारेज गर, मल सहज आपुर्ति गर’ जस्ता नारा लगाए । सरकार यही सोमबार मलमा दिइँदै आएके ७० प्रतिशत अनुदानलाई ५९ प्रतिशतमा झार्दै युरिया मलमा प्रतिकेजी १४ रुपैयाँ बढाएर २५ पुर्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया