आइतबार, जेठ ५, २०८२

पीएनजीमाथि यूएईको सानदार जित

नेपालखोज २०७९ चैत १ गते १६:४३

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले पपुवा न्यूगिनी (पीएनजी)माथि ६ विकेटको सानदार जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । लगातार हार व्यहोरिरहेको यूएईले लिग– २ श्रृंखलाअन्तर्गत मंगलबार पीएनजीविरुद्धको खेलमा फराकिलो जित निकालेको छ ।

एकदिवसीय मान्यता र शीर्ष स्थानको अवसर गुमाएको यूएईलाई हारजितले फरक नपारे पनि भोलिको खेल नेपालका लागि शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफयर खेल्न जित्नैपर्नै दबाब छ ।

यसअघि लिग– २ मा पीएनजीले ३५ खेल खेल्दा पाँच जीत निकालेको छ । जसमा चार पटक यूएईलाई र एक पटक अमेरिकालाई पराजित गरेको छ । तालिकाको पुछारमा रहेको पीएनजीले लिग– २ का सबै खेल खेलिसक्दा ११ अंक जोडर पुछारमा रहेको छ ।

जारी लिगमा पीएनजी दुई खेलमा नेपालसँग पराजित भएको थियो । एक खेलमा यूएईलाई हराएको थियो । यूएई श्रृंखलाको पहिलो खेलमा नेपालसँग पराजित हुँदा एकदिवसीय मान्यता गुमाएको थियो ।

यूएईमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालसँगै हार्दा शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्न बञ्चित भएको थियो ।

प्रतिक्रिया