यस्ताे छ मन्त्रिपरिषद्का १० निर्णय

काठमाडौं । सरकारले कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधार गर्न जग्गा प्राप्तिको स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अत्यावश्यक काम बाहेक नेपाल सरकारका मन्त्री तथा उच्च पदस्थ कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाएको जानकारी दिइन् ।
त्यस्तै पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
संयुक्त राष्ट्र संघले आयोजना गर्ने जल सम्मेलन २०२३मा खानेपानी मन्त्री अब्दुल खानलाई पठाउने निर्णय गरेको छ । नेपाल र अमेरिकाबीचको अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन् । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।

प्रतिक्रिया