शुक्रबार, असार ६, २०८२

आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध एमालेको उजुरी

नेपालखोज २०७९ चैत १ गते १८:२९

काठमाडाैं । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा गरेको निर्णयका आधारमा एमालेले उजुरी दिएकाे हाे ।

आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो । 

आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेकाे एमालेले बताएकाे छ ।

प्रतिक्रिया