जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
नेपालखोज
२०७९ चैत २ गते ६:५५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्नेछ ।
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।
सम्बन्धित
प्रतिक्रिया