सोमबार, असार ९, २०८२

त्रिवि क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

नेपालखोज २०७९ चैत २ गते ९:४४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाल र यूएई बीचको खेल हेर्न र नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री ‘प्रचण्ड’ क्रिकेट मैदानमा पुगेका हुन् ।

नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

प्रतिक्रिया