आइतबार, जेठ ५, २०८२

यूएईविरुद्ध कुशल भुर्तेलकाे अर्धशतक प्रहार

नेपालखोज २०७९ चैत २ गते १५:०७

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गरेका छन् । भुर्तेलले ३२ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनको इनिङमा चार छक्का र तीन चौका समावेश छन् ।

सातौं ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल क्याचआउट हुँदा तेस्रो विकेट गुमाएको नेपालको इनिङ सम्हाल्दै कुशलले अर्धशतक बनाउँदा भीम सार्कीसँग ६१ रनको साझेदारी गरेका छन् । यसअघि, नेपालले पाओरप्लेको समाप्तिमा तीन महत्वपूर्ण विकेट गुमाउँदै ५२ रन बनाएको थियो । ओपनर आसिफ शेख पहिलो ओभरको तेस्रो बलमा डकआउट हुँदा कुशल मल्ल १.३ ओभरमा ५ बल खेल्दै ५ रनमा आउट भए ।

एकदिवसीय मान्यता जोगाइसकेको नेपाल लिग २ को शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायर खेल्न आजको खेल जित्नै पर्ने दबाबमा छ । आजको खेलमा जित वा हारले यूएईलाई भने केही फरक पर्ने छैन् ।

प्रतिक्रिया