त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने
नेपालखोज
२०७९ चैत २ गते १५:३६

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ । निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेका हुन् ।
मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । ५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारहरुउपर दावी विरोधका लागि समय दिइएको छ । प्रचारप्रसारका ७ गते लागि समय दिने तय भएको छ, भने ७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।
मतदाता विद्यार्थीको नाममा विवाद भएका कारण त्रिविले तोकेको ५ चैतमा चुनाव हुन नसकेको चुनाव ९ गते हुन लागेको हो ।

सम्बन्धित
प्रतिक्रिया