शुक्रबार, असार ६, २०८२

गृहले सार्वजनिक गर्‍याे २०८० सालभर हुने बिदाको सूची

नेपालखोज २०७९ चैत २ गते २०:४६

काठमाडौँ । सरकारले २०८० सालभर हुने  बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरीमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा हुने सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय निर्धारण भएको निर्णयसहितको विवरण राजपत्रमा प्रकाशित गरेको हो । 

साेहीअनुसार आगामी २०८० सालको दसैँ बिदा ६ दिन हुने भएको छ । यस्तै तिहार बिदा ५ दिन हुने छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक बिदाको सूचीअनुसार दसैँ बिदा आगामी कात्तिक ४ गते शनिबारदेखि कात्तिक ९ गते बिहीबारसम्म हुनेछ । अर्थात फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुने गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

यस्तै तिहारको बिदा लक्ष्मी पूजाको दिन अर्थात कात्तिक २६ देखि कात्तिक ३० गते बिहीबारसम्म हुनेछ । अर्थात भाइटिकाको भोलिपल्टसम्म बिदा हुने राजपत्रमा उल्लेख छ ।  यस्तै मंसिर ३ गते छठको अवसरमा बिदा हुनेछ ।

प्रतिक्रिया