रास्वपालेको पदाधिकारी तथा संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०७९ चैत ३ गते ७:१६

काठमाडाैं । रास्वपालेको पदाधिकारी तथा संसदीय दलको संयुक्त बैठक बस्दै छ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हाे ।
बैठक बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने छ । आजकाे बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेद्वारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।
सम्बन्धित
प्रतिक्रिया