शुक्रबार, असार ६, २०८२

रास्वपाको निर्णय : उपराष्ट्रपति चुनावमा झालाई मत दिने

नेपालखोज २०७९ चैत ३ गते १४:०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ ।

उपराष्ट्रपति निर्वाचनमा मत कसलाई दिने भने अलमलमा परेको रास्वपाले उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको हो । रास्वपाले नयाँ पार्टी र महिला भएकाले ममतालाई नै मत दिन लागेको स्रोतले बताए ।

उपराष्ट्रपतिमा ममता झासँगै जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

प्रतिक्रिया