मंगलबार, असार १०, २०८२

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा

नेपालखोज २०७७ जेठ ७ गते १२:५३

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया