विश्वासको मतमा र सरकारी विधेयक एकैसाथ रहने सत्तारुढ १० दलबीच सहमति
नेपालखोज
२०७९ चैत ४ गते १९:००

काठमाडौं । सत्ता साझेदार १० दलीय गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने सहमति गरेका छन् ।साथै सरकारले संसद्मा पेस गर्ने विधेयकमा एकमतका साथ प्रस्तुत हुने सत्ता साझेदार दलहरुले सहमति गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतबार संसदमा सरकारले पेस गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको हाे ।
बैठकले भोलि आइतबार हुने संसद् बैठकमा गठबन्धनमा रहेका दल एकमत साथ प्रस्तुत हुने सहमतिका साथ निर्णय गरेको जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया