सुनको मूल्य हालसम्मकै उच्च
नेपालखोज
२०७९ चैत ५ गते १२:०६

काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च कायम भएको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य रहेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
शुक्रबार प्रतितोला एक लाख ७ हजार १०० रुपैयाँमा सुनको खरिद बिक्री भएको थियो । आइतबार दुई हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेको हो ।
महासंघकाअनुसार आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कामय भएको छ भने चाँदीको मूल्य पनि बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया