मंगलबार, असार १०, २०८२

अर्घाखाँचीमा एक दिनमा भारतबाट ५८ जना भित्रिए

नेपालखोज २०७७ जेठ ७ गते १७:२१

अर्घाखाँची । अर्घाखाँचीमा पनि बुधबार ९आज०मात्रै भारतबाट ५८ जना नेपाली नागरिक भित्रिएका छन् ।

कृष्णनगर नाका हुँदै भित्रिएका उनीहरुलाई कपिलवस्तुबाट सम्बन्धित पालिकाको समन्वयमा बसको व्यवस्थापन गरेर ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

भित्रने सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने बताइएको छ ।

प्रतिक्रिया