बिहीबार, असार ५, २०८२

रुपन्देहीमा नेविसंघको प्यानलै विजयी

नेपालखोज २०७९ चैत ५ गते १७:०३

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेको छ।

रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिए ।

नेविसंघबाट सभापति पदका उम्मेदार अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् ।

यहाँ अनेरास्ववियु र नेविसंघ एकल निर्वाचनमा गएका थिए ।

प्रतिक्रिया