बिहीबार, असार ५, २०८२

हेटौंडाको वंशगोपालमा एसनिकट अनेरास्ववियूको जित

नेपालखोज २०७९ चैत ५ गते १७:१७

हेटौंडा । मकवानपुरको हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो ।

सिलवाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् । वंशगोपालमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।

यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रूपा राई (१७मत), सदस्यहरूमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित निर्वाचित भएका हुन् ।

वंशगोपालमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बीच गठबन्धन रहेको थियो ।

प्रतिक्रिया