पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी
नेपालखोज
२०७९ चैत ६ गते ७:४२

काठमाडौं । काठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की ज्योति पनेरु विजयी भएकी छन् । यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् । उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् ।
सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया