देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी
नेपालखोज
२०७९ चैत ६ गते ८:३७

काठमाडाैं । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
यहाँ स्ववियु सभापतिका लागि ३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । अनेरास्ववियुबाट अर्जुन गैरे, नेपाल विद्यार्थी संघबाट माधव भट्टराईले उम्मेदवारी दिएका थिए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियु सभापतिका लागि धनी कुमारी पन्थीलाई उठाएको थियो ।
अनेरास्ववियुका गैरेले २९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पधी नेविसंघका भट्टराईले १६७ र अखिल क्रान्तिकारीकी पन्थीले ५५ मत पाइन् ।
त्यस्तै, कोषाध्यक्षमा सोबराज जैसी, सचिवमा गौराब ज्ञवाली, सदस्यहरुमा रविन परियार, अमृता पाठक, भुवन थापा, लेखिका मल्ल, सरोज गिरि विजयी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया