बिहीबार, असार ५, २०८२

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै

नेपालखोज २०७९ चैत ६ गते १०:१७

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको हाे । आजकाे बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्नेछ । 

आज सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विश्वासको मत लिने कार्यसूची छ । गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया