सुनचाँदीकै मूल्य घट्याे
नेपालखोज
२०७९ चैत ६ गते ११:०५

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
छापावाल सुन आइतबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । उक्त चाँदी आज तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया