बिहीबार, असार ५, २०८२

रौतहटको चन्द्रपुरस्थित बहुमुखी क्याम्पसमा संगम श्रेष्ठ विजयी

नेपालखोज २०७९ चैत ६ गते ११:२६

काठमाडाैं । रौतहटको चन्द्रपुरस्थित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेसनिकट नेविसंघका संगम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १ हजार ३ मतका साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशिलका राधेश्याम बैठाले १ सय ६५ मत प्राप्त गरेका छन् । उक्त क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको हो । श्रेष्ठ दोस्रो कार्यकालका लागि चुनिएका छन् । 

स्ववियु निर्वाचनमा सचिवमा नेविस‌ंघकै मोहम्मद नौसार आलम ९ सय ६१ मत ल्याई विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकै संगीताकुमारी चौधरीले ९ सय ५२ मत ल्याई विजयी भइन् ।

प्रतिक्रिया