आइतबार, असार ८, २०८२

सरकारलाई प्रश्न

नेपालखोज २०७९ चैत ७ गते ९:२३

काठमाडौं । पत्रकार अनिल गिरी आज सामाजिक सञ्जाल मार्फत सरकार समक्ष एउटा प्रश्न तेर्साएका छन् ।

रवि लामिछानेले सरकार सँग विस्वासको मत सँग आफ्नो पासपोर्ट प्रकरण साटेको आरोप चलिरहेका बेला पत्रकार गिरी लेख्छन्, ‘रवी दाइले सन् २०१४ को मार्चमा अमेरिकि पासपोर्ट लिनु भो । अमेरिकी पासपोर्ट बहाल रहदैँ सन् २०१५ मा नेपाली नागरिक भनेर वाशिङ्टनबाट नेपाली पासपोर्ट लिनु भो । तर २०१७ अक्टोवर ४ मा अध्यागमन विभागमा रविले बुझाएको आफ्नो व्यक्तिगत विवरण जहाँ राष्ट्रियता अमेरिका लेखिएको छ । अमेरिकाको पासपोर्ट प्राप्त गरिसकेपपछि दाईले किन झुठो विवरण पेश गरेर नेपाली पासपोर्ट लिनु भो । के शुशासन, अनियमिता, भष्ट्राचार अनी नाकको डाँडी भाँचिनु पर्ने अरुको मात्रै उहाँको पर्दैन ? कानुनको उल्लंघन गरेर (गैरकानुनी रुपले पासपोर्ट-अरु सरकारी कागजात)बनाए पनि यदि त्यो पासपोर्ट (सरकारी कागजात) प्रयोग नगरे त्यो गैर कानुनी भएन । अब नेपालमा नक्कली नोट बनाउने तर प्रयोग नगर्ने, लागू पदार्थ बोक्ने तर बेच्न नसकेकोलाई पनि यहि नजिर लागू हुन्छ हो सरकार ?’

उनले अन्य आपराधिक घटनामा पनि यही नजिर लागू हुने हाे भनि प्रश्न गरेका छन् ।

प्रतिक्रिया