कर्मचारीको कोरोना बीमा गर्यो आशा लघुवित्तले
नेपालखोज
२०७७ जेठ ७ गते २२:१२
काठमाडौं । मुलुकभर कोरोना संक्रमणका कारण सरकारले लकडाउन गरेका बेला आफ्ना कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदैै आशा लघुवित्तले सम्पूर्ण कर्मचारीहरुको कोरोना विरुद्धको विमा गरेको छ ।
आशा लघुवित्तले प्रभु इन्स्योरेन्स मार्फत आफ्ना कर्मचारीको कोरोना विमा गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आशा लघुवित्तमा दैनिक ज्यालादारीमा काम गर्ने, करार स्थायी सवै कर्मचारीको कोरोना बीमा गरिदिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया