आइतबार, असार ८, २०८२

दैलेखमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

नेपालखोज २०७९ चैत ८ गते ११:५४

काठमाडौं । दैलेखमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटना गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको हो । ३ जनाकै घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी किसोर लम्सालले जानकारी दिए । सहचालक प्रकाश कुमाई घाइते भएका छन् ।

ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया