बागमतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने
नेपालखोज
२०७९ चैत ८ गते १५:३९

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । प्रदेशसभा बैठक त्यसका लागि बुधबार बोलाइएको छ । तर काठमाडौंमा रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरू भने बुधबार हेटौंडा नआउने संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
आजको बैठकमा कांग्रेसका सांसदहरु उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । यद्यपि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरेको छैन ।
सम्बन्धित
प्रतिक्रिया